दक्षिणासहित पशुपतिबाट साधुसन्तहरुको बिदाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २७, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
दक्षिणासहित पशुपतिबाट साधुसन्तहरुको बिदाई

फागुन २७, काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई दक्षिणासहित बिदा गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले आइतबार भारतलगायत विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुलाई दक्षिणा दिएर बिदाइ गरेको हो ।

यसपालि महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाई गरिएको कोषले जनाएको छ ।

यसवर्ष साधुसन्तको बिदाई र दक्षिणाका लागि करिब २० लाख छुट्टाइएको गुठी संस्थानले जनाएको छ। कोष र गुठीले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षोनी दक्षिनासहित बिदाई गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस