आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्ति राजपथ बन्द गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २८, सोमबार (१ साल अघि)
  • ३० पटक पढिएको
आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्ति राजपथ बन्द गरिने

फागुन २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।

ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

‘मर्मत सम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस