सरकार र मिटरव्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २९, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
सरकार र मिटरव्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

फागुन २९, काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच सहमति भएको छ ।

आज गृहमन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत पीडितबीच चारबुँदे सहमति भएको हो । सहमतिसँगै आन्दोलनरत पीडितले आन्दोलन स्थगित गरेका छन् ।

दुई पक्षबीच तीन सदस्यीय अनुचित विरुद्ध जाँचबुझ आयोग गठन गर्ने, अवैध लिखत खारेज गर्ने लगायत रहेका छन् । सहमतिपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा मन्त्रालयका सहसचिव एवम् वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपछि गृहमन्त्री लामिछाने पीडितहरु बसिरहेको स्थान भृकुटीमण्डपमै पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस