शेयरबजार ५८ अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २९, मंगलबार (२ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन २९,काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ५८.५८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २.८५ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै नेप्से परिसूचक २१११ अङ्कको बिन्दुमा पुगेर रोकिएको छ ।

यसक्रममा २२० कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २२ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा आज ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक ५५ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सोनापुरको २४ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस