उदयपुरको मैनमैनीमा जीप दुर्घटना,७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १, बिहिबार (१ महिना अघि)
  • ० पाठक संख्या
उदयपुरको मैनमैनीमा जीप दुर्घटना,७ जनाको मृत्यु

चैत्र १,उदयपुर । उदयपुरको बेलका ७ बाखाकुवा भन्ने स्थानमा भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिलकुमार राईका अनुसार मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेतको सनाखत भएको छ ।

अन्य १ जना ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको हो । उनीहरूको सनाखत भने हुन सकेको छैन । प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस