रुसको तेल पूर्वाधारलाई लक्षित गरेर युक्रेनको आक्रमण

चैत्र ३,काठमाडौँ । युक्रेनले पछिल्ला हप्ताहरूमा रुसको तेल पूर्वाधारलाई लक्षित गर्दै आक्रमण बढाएको छ । आज मात्रै युक्रेनले रुसका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ । रुसको समारा क्षेत्रका गभर्नरले युक्रेनी ड्रोनले दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमणबाट मानवीय क्षति नभए पनि एउटा प्रशोधन केन्द्र भने आगलागीबाट नष्ट भएको खबरमा उल्लेख छ । अरु दुईवटा ड्रोनलाई आकाशबाटै खसाल्न सफल भएकाले थप क्षति हुनबाट जोगिएको गभर्नर दिमित्री अजारोभले बताउनुभएको छ ।

रुसमा आजदेखि राष्ट्रपतीय चुनावको मतदान पनि शुरु भएको छ । मतदान तीन दिनसम्म चल्नेछ । राष्ट्रपति भ्लादिमिर पुटिनले जित्ने निश्चित भएको चुनावमा कतै—कतै तोडफोड भएका खबर पनि बाहिरिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply