जाजरकोट भूकम्प: ३० हजार वटा अस्थायी आवास निर्माण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३, शनिबार (१ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ३,काठमाडौँ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएको रुकुमपश्चिममा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प गएको पाँच महिनामा जिल्लाभर २९ हजार सात सय ६४ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

दुई हजार एक सय ९२ वटा अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय जना लाभग्राहीले २५ हजारका दरले ७८ करोड २५ लाख रुपैयाँ रकम पाएका छन् ।

स्थानीय विपद् कोषबाट भने ३० हजार आठ सय ४१ जना लाभग्राहीले २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । अब जिल्लामा पहिचान भएका तीन सय ५९ जना लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस