हतुवागडीमा आगलागी: एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु

Post Thumbnail

चैत्र ४,काठमाडौँ । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।

आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।

प्रहरीका अनुसार पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस