उत्तर कोरिया विश्वको ठूलो शक्ति बन्न सक्छ : ट्रम्प

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन १४, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन १४, काठमाडौं । परमाणु हतियार त्यागेमा उत्तर कोरिया विश्वको शक्तिशाली अर्थतन्त्र बन्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

ट्वीटरमा अमेरिकी राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘उत्तर कोरियासँग तीव्र आर्थिक समुन्नति हाँसिल गर्ने सम्भावना र क्षमता छ र यस्तो क्षमता अरु कुनै देशको भन्दा बढी छ ।’

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उत्तर कोरिया अझै पनि परमाणु खतराको कारण रहेको बताएको केही घण्टामै ट्रम्पको यस्तो भनाई आएको हो ।

ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच दोस्रो ऐतिहासिक वार्ता हुँदैछ । भियतनामको राजधानी हानोइमा बुधबार र बिहीबार हुने वार्ताको तयारी पूरा भएको जनाइएको छ । वार्ताका लागि उत्तर कोरियाका नेता किम आफ्ना प्रतिनिधिसहित रेल चढेर त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

दुई नेताबिच गएको वर्षको जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो । त्यो भेटमा उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम बन्द गर्न सहमत भएको थियो ।

भियतनाममा हुने दोस्रो वार्तामा पहिलो वार्तामा भएका सम्झौता कार्यान्वयनको समीक्षा हुने तथा नयाँ रणनीतिसहितको सम्झौता हुने सम्भावना छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस