सीआईबीले बुझ्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ४, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो। यसअघि आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। आफूले बुझेको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेले प्रतिवेदनको सिफारिसको आधारमा दोषीमाथि कारबाही र कानुनी दायरामा ल्याउने बताएका बेला सीआईबीले प्रतिवेदन बुझेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस