नेप्से परिसूचकमा १०.६२ अंकको गिरावट, विकास बैंक समूहमा हरियाली !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ४, आईतबार (१ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाण्डौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०.६२ अंक अर्थात ०.५१ प्रतिशतले घटेर २०७०.२५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले घटेर ३६८.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा उपसूचक मात्रै हरियाली छायो भने अन्य सबै समूहमा गिरावट आएको छ । आज विकास बैंक समूह ०.८२, वित्त ०.६२ र उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशतले वृद्धि भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस