ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्काल घोषणा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० चैत्र ४, आईतबार (१ साल अघि)
  • ३४ पटक पढिएको
ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्काल घोषणा

चैत्र ४,काठमाडौँ । ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा भएको छ । पछिल्लो तीन महिनामा आपत्काल घोषणा भएको यो चौथो पटक हो ।

हागाफेल र स्टोरी–स्कोगफेलको बीचमा रहेको ज्वालामुखीबाट ठूलो लाभा विस्फोट भएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा प्रभावित क्षेत्रहरूमा उडान गर्नेहरूमध्येका एक विज्ञ म्याग्नस टुमी गुडमुन्डसनले हिजो शनिवारको विस्फोट अहिलेसम्मको सबैभन्दा शक्तिशाली भएको बताउनुभएको छ ।

आइसल्यान्डको सबैभन्दा लोकप्रिय पर्यटकीयस्थलहरूमध्ये एक ुब्लु लगुनु बाट मानिसहरूलाई सारिएको छ । लाभाको पोखरी नै जम्मा भएकाले जोखिम बढिरहेको खबरमा उल्लेख छ ।

लाभा बग्दै समुद्रमा पुग्ने सम्भावना छ । यदी लाभा समुद्री पानीसम्म पुगेमा खतरनाक ग्यास र साना विस्फोटहरू हुन सक्ने डर बढेको छ । यस्तै ज्वालामुखी विष्फोट र लाभा बढ्दै गएमा बिजुली, टेलिफोन र इन्टरनेट सेवा बन्द हुन सक्ने चिन्ता रहेको बीबीसीले जनाएको छ । आइसल्यान्डमा ३३ वटा सक्रिय ज्वालामुखी प्रणाली छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस