आजको मौसम : पहाडी भेगमा आंशिक बदली, उच्च भेगमा हिमपात

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाडौँ । अधिकांस पहाडी भेगमा आंशिक बदली हुनेछ भने बाँकी भेगको मौसम मुख्यतया सफा रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ दशमलव २ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस