पोखरामा ‘नाइट लाइफ’ खुल्यो, जाने हैन त मस्ती गर्न ?

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० चैत्र ५, सोमबार (२ महिना अघि)
  • ३ पटक पढिएको
पोखरामा ‘नाइट लाइफ’ खुल्यो, जाने हैन त मस्ती गर्न ?

चैत्र ५, काठमाडौँ । सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै अब त्यहाँ रात्रीकालिन बजार पनि थप व्यवस्थित हुने भएको छ । आइतबारदेखि नै पोखरामा रातभर बजार खोल्न पाइने व्यवस्था लागू हुन लागेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै साँझदेखि पोखराका डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने बताएका छन् । निश्चित मापदण्ड बनाएर यस प्रकारले व्यवसाय सञ्चालन गर्न दिन लागिएको उनले बताए ।

त्यस्तै बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म सञ्चालन हुने मुख्यमन्त्री पाण्डेले जनाएका छन् । उनले पोखराको लेकसाइड इलाका, पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुंगामा यस्ता पसलहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

आगामी दिनमा राउण्ड फेवा, भ्यू फेवाजस्ता ट्रेकिङ बाटोहरु सञ्चालन गर्ने, बेगनास तालमा क्रुज सिप चलाउने, आधुनिक टर्मिनलसहितको पोखरा बसपार्क निर्माण गर्ने, ठूलो आकारको एक ध्यान केन्द्र स्थापना र सञ्चालनगर्नेजस्ता कयौं घोषणा प्रदेश सरकारले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस