सहकारी संस्थाहरुको निक्षेप सुरक्षण जिम्मा कर्जा सुरक्षण कोषले मागेको हो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ५, सोमबार (२ महिना अघि)
  • ८ पटक पढिएको
सहकारी संस्थाहरुको निक्षेप सुरक्षण जिम्मा कर्जा सुरक्षण कोषले मागेको हो ?

चैत्र ५, काठमाडौँ । सहकारी संस्थाका लाखौं निक्षेपकर्ताहरु तनावमा भइरहेका बेला ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’ले उनीहरुको त्रास हटाउने प्रयास गरेको छ । कोषले सहकारी संस्थाहरुको निक्षेप सुरक्षणको जिम्मा आफूलाई दिने हो भने अहिलेजस्तो डराएर बस्नुपर्ने अवस्था नरहने बताएको छ ।

कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले भने, ‘अर्को एउटा संस्था खडा गर्दा सरकारले कम्तिमा वार्षिक १ अर्ब सञ्चालन खर्च व्यहोर्नु पर्छ । बिनाकाममा राज्यमाथि यति ठूलो भार थप्नु जरुरी छैन, हामी नै त्यस्तो कोष सञ्चालन गरिदिन सक्छौँ ।’

गत २४ फागुनमा व्यवस्थापिका संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस प्रकारको अलग्गै कोष खडा गर्ने कोसिस भइरहेको बताएका थिए । ‘सहकारी बचत तथा कर्जा सुरक्षण कोष, कर्जा अशूली न्यायाधिकरण र सहकारी कर्जा सूचना केन्द्र लगायतका संस्थागत संरचना स्थापना र सञ्चालनका लागि आवस्यक गृहकार्य अगाडी बढाइएको छ’, उनले भनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस