हास्य टेलिश्रृङखला ‘लौन के भो’लोकप्रिय बन्दै

चैत्र ४,काठमाडौँ । सामाजिक कथा बस्तुलाई हास्यशैलीमा प्रस्तुत गर्ने हास्य टेलि श्रृङखला “लौन के भो”दर्शकमाझ लोकप्रिय हुँदै गईरहेको छ । यसको प्रसारण बिहिबार साझँ ६ बजे केआरएम इन्टरटेन्मेन्ट (KRM ENTERTAINMENT) को युट्युव च्यानलबाट प्रशारण भईरहेको छ । १६ औँ श्रृङखलासम्म प्रसारण भैसकेको यो कार्यक्रमको लागि छाँयाङकन स्थल मच्छेगाउँस्थित वरपरको गाउँघर कै दृश्यलाई समेट्दै आएको छ । पहिलो सिजनको ३० भागको सफलतापछि दोस्रो सिजनको १६ औँ भागसमेत प्रसारण भैसकेको छ ।

शुरुवातदेखि नै यसै क्षेत्रमा छायाङकन भईरहेको यो हास्य टेलिश्रृङखलाको छायाङकन प्राय. शनिबार र आइतबार हुने निर्देशक समेत रहेका कलाकार कमल रानामगर बताउछन्। टेलिचलचित्रमा कलाकारहरु राजु देशार (झल्ले) माया घले, प्रमोद पौडेल (आपँकोटा), श्री थापा (ठ्याक्के), जनकराज ढुंगाना (उत्ताने), राजकुमार माली (बन्दुके जमिन्दार), लक्ष्मी श्रेष्ठ, बालकलाकार दिव्या ढुंगाना र अथर्भ राना मगर (युवराज), तथा निर्देशक कमल राना मगरको अभिनय रहेको छ।

टेलिचलचित्र लोकप्रिय बन्दै गईरहेको कारण कलाकार टिमले अझ माझीएर काम गर्नुपर्ने र त्यसका लागि आफु र आफ्नो पुरै टिम लागिपरेको निर्देशक कमल राना मगर बताउछन। कलाकारहरुले आफ्नै छुट्टै पहिचान बनाएर अगाडी बढिरहेका छन्। सिरियलमा प्रयोग गरेको थेगो ‘लुंगी लफ़ेट्के’ लोकप्रिय हुदैँ गईरहेको कलाकार जनकराज ढुंगाना बताउछन्।

उत्ताने नामले परिचित कालाकार ढुंगाना दर्शकको मन जित्दै अगाडी बढ्नेमा विश्वस्त छन्। टेलि श्रृङखलाको लागि रानामगर आफैले भिडियो सम्पादन तथा संयोजन गर्दै आइरहेका छन् । पुरै टिम टेलिचलचित्रलाई आम दर्शकको रोजाईमा पार्न र देशैभरबाट माया पाउन सदैव लाग्ने हास्य टेलिचलचित्रका निर्देशक रानामगर बताउछन् । उनले आगामी दिनमा दर्शकको चाहना अनुसार अगाडी बढ्ने बताउदै आफ्नो टेलि श्रृङखला हेररे प्रतिक्रिया दिनसमेत आग्रह गरेका छन् ।

संम्बन्धित समचार

Leave a Comment