म्याग्दीमा जिप दुर्घटना : चालकसहित २ जनाको घटनास्थलमै मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ५, सोमबार (२ महिना अघि)
  • ४ पटक पढिएको
म्याग्दीमा जिप दुर्घटना : चालकसहित २ जनाको घटनास्थलमै मृत्यु

चैत्र ५, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पाउद्धार जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जिप नेपाने नजिकैको भिरबाट खसेर दुर्घटना भएको हो ।

घटनास्थलमा सवारी धनीरचालक ३७ वर्षीय गणेश श्रेष्ठ र पाउद्धारका २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडा सदस्य पूर्ण पाइजाले जानकारी दिए ।

सडकदेखि करिब २०० मिटर तल भिरको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस