मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् पुनर्गठन : दीपक मनाङे भौतिक पूर्वाधार मन्त्री

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०८० चैत्र ५, सोमबार (२ महिना अघि)
  • १७ पटक पढिएको
मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् पुनर्गठन : दीपक मनाङे भौतिक पूर्वाधार मन्त्री

चैत्र ५, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।
नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तीन बजे राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस