आर्थिक गतिविधिमा ८२ लाख नेपालीको सङ्ख्या निष्क्रिय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ६, मंगलबार (१ महिना अघि)
  • ३ पटक पढिएको
आर्थिक गतिविधिमा ८२ लाख नेपालीको सङ्ख्या निष्क्रिय !

चैत्र ६, काठमाडौँ । नेपालमा ८२ लाख नेपाली आर्थिक गतिविधिभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ करोड ९१ लाख ६४ हजार कुल जनसङ्ख्यामध्ये ८२ लाख ११ हजार १२ नेपाली आर्थिक क्रियाकलापमा सक्रिय नरहेको पाइएको हो ।

आर्थिकरूपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरूको सङ्ख्या ५८ हजार ७९ जना रहेको कार्यालयको तथ्याङ्क छ । यसैगरी १० वर्ष वा सोभन्दा माथिका १ करोड ५६ लाख ८९ हजार ७ सय ७७ जना व्यक्तिहरूमध्ये १ करोड १० लाख ३८ हजार १ सय ५ जना आर्थिक रूपले सक्रिय देखिएको छ । त्यस्तै, ४६ लाख ५१ हजार ६ सय ७२ जना भने आर्थिक रूपमा निष्क्रिय देखिएको कार्यालयको तथ्याङ्क छ ।

त्यसैगरी, आर्थिक रूपमा सक्रिय भएका १० वर्ष वा सोभन्दा माथिका १ करोड १० लाख ३८ हजार जनामध्ये १ करोड ३ लाख ७० हजार रोजगार र ७ लाख ६७ हजार बेरोजगार देखिन्छन् ।

तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये १ करोड ५६ लाख ८९ हजार नेपाली विभिन्न आर्थिक क्रियाकलापमा सक्रिय देखिएका छन् । यस्तै, २ करोड ३९ लाख नेपाली आर्थिक क्रियाकलाप गर्न योग्य रहेको पाइएको छ । योग्य जनसङ्ख्याको ६५।६ प्रतिशत नागरिक आर्थिक क्रियाकलापमा आबद्ध रहेको प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्कअनुसार ८१ लाख ९६ हजार पाँच सय आठ जना ९७१।३ प्रतिशत० पुरुष र ७४ लाख ९३ लाखजना ९६०।४ प्रतिशत० महिला आर्थिक रूपमा सक्रिय छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस