पर्सामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

पर्सामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

चैत्र ६, काठमाण्डौँ । बाघको आक्रमणबाट ठोरी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । ठोरी गाउँपालिका–४ मालीबस्तीकी ४० वर्षीया कलावती खत्रीको सोमबार साँझ मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार साँझ ४ बजेर ५० मिनेटमा खत्रीको शव पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा फेला परेको थियो । उनी जंगलमा घाँस काटन एक्लै गएकी थिइन् । उनको शरीरको विभिन्न भाग तथा घाँटीमा बाघको नङग्राले कोतरिएको छ ।

खत्रीको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ । उक्त वन क्षेत्रमा यसअघि बाघ नदेखिएको र यहाँ बाघको आक्रमणको पहिलो घटना भएको प्रनि राईले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस