धादिङ जिल्ला स्तरीय दशौं एन्फा लिगको उपाधि धुनिवेशीको पोल्टामा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० चैत्र ६, मंगलबार (१ महिना अघि)
  • ४ पटक पढिएको
धादिङ जिल्ला स्तरीय दशौं एन्फा लिगको उपाधि धुनिवेशीको पोल्टामा

चैत्र ६,धादिङ । जिल्ला फुटबल संघ धादिङ आयोजना तथा धुनिवेशी युवा समाजको सह-आयोजनामा फागुन २७ गतेबाट जारी धादिङ जिल्ला स्तरीय दशौं एन्फा लिग फुटबल प्रतियोगिता धुनिवेशी युवा समाजले जितेको छ ।

आज भएको फाइनलमा धुनिवेशी युवा समाजले भद्रकाली सामुदायिक विकास समाज मलेखुलाई २–१ को गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो।

फाईनल विजेता धुनिवेशीेले नगद १ लाख ५० हजार पाएको छ,विजेता बने सँगै प्रदेश स्तरीय प्रतियोगिताको लागि धादिङबाट धुनिवेशी छनोट भएको छ ।

फाईनलमा धुनिवेशी सँग स्तब्ध बनेको उप विजेता भद्रकाली सामुदायिक विकास समाज मलेखुले नगद ७५ हजार जितेको छ भने सेमिफाईनलमा रोकिएका गलौदी युवा क्लव गजुरी र ब्वाइज युनाईटेड धादिङले २५–२५ हजार जितेका छन् । यस प्रतियोगितामा जिल्लाका ८ वटा क्लवहरु सहभागि थिए ।

यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि धुनिवेशीका जर्सी नम्बर ९ का प्रदिप डंगोल भए प्रतियोगिता भरमा २ गोल गरेका उनले गोल्डन बुट जिते । उत्कृष्ट गोल किपर पनि धुनिवेशी कै जर्सी नम्बर १ का सक्सेस श्रेष्ठ बने । बेस्ट डिफेन्डरमा धुनीबेशी कै जर्सी नम्बर ५ सुवाष ए.सी बने । वेष्ट स्टाईकर भद्रकालीका तारा आले मगर घोषित भए ।

संघीय सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले आयोजकलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गर्दै आफ्नो नगरपालिकाले खेलकुदलाई विकासको अंगका रुपमा लिएको बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस