गठबन्धन साझा संकल्प : सेयर बजार चलायमान बनाउन कस्ता छन् योजनाहरु ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ७, बुधबार (१ महिना अघि)
  • २ पटक पढिएको
गठबन्धन साझा संकल्प : सेयर बजार चलायमान बनाउन कस्ता छन् योजनाहरु ?

चैत्र ७, काठमाण्डौँ । पाँचदलीय सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम संकल्प सार्वजनिक गरेका छन् । गठबन्धनमा सहभागी दलहरुले संकल्पमा सेयर बजारको सुधारलाई समेत प्राथमिकतामा राखेका छन् । संकल्पमा भनिएको छ–‘सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने।’

दलहरुले आर्थिक शिथिलतालाई अन्त्य गर्ने विशेष कार्यक्रम तथा घोषणा समेत गरेका छन् ।
(अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिने ।

सुस्त कर्जा प्रवाह र पुँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तत्कालिक र मध्यकालीन लगानी र रोजगारमैत्री नीतिगत सुधारमा बाधा पुर्याउने बिभिन्न कानुनहरु संशोधन गर्ने,

सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रूपमा रहेको राजश्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजश्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गर्ने,

विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने

सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रविन्दूमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको संक्रमणकालिन रणनीति कार्यान्वयन गर्ने,

वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने ।

सहकारी कर्जा असुली न्यायाधिकरणकोगठन गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने,

ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्रबैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, बचत तथा ऋण सहकारी संस्थाकोनाममा रहेका सम्पत्तिकोधितोमा नेपाल राष्ट्र बैङ्कबाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने,

ताजा अपडेट

खोजी गर्नुहोस