पाकिस्तानी भूमिमा भारतको हमला : खसाल्यो एक हजार किलोको बम !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १४, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन १३,काठमाडौँ । भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले एलओसीको एक ठूलो आतंकवादी क्याम्पमा हमला गरेको दाबी गरेको हो ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतीय सैनिकले एलओसीको आतंकी क्याम्पमा १००० किलो बराबरको विस्फोटक पदार्थ खसालेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन् । उनले यस घटनाको केही तस्बिर पनि ट्वीट गरेका छन् । खाली जमिनमा आक्रमण भएको र यसबाट मानवीय तथा भौतिक क्षति नभएको पाकिस्तानले जनाएको छ ।

भारतको १२ मिराज २००० जेट विमानले १००० किलो बम खसालेको बताइएको छ । भारत सरकारले यसबारेमा आधिकारिक जानकारी नदिए पनि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी तथा जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लालगायतले भने भारतीय वायु सेनालाई बधाई दिएका छन् ।

१४ फेब्रुअरीमा भारतको जम्मू–कश्मीर राज्यको पुलावामा भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ) का ४० जनाभन्दा बढी जवानको ज्यान गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस