चट्याङ लागेर पाँचथरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ७, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
चट्याङ लागेर पाँचथरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु

चैत्र ७, पाँचथर । चट्याङ लागेर पाँचथरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस