कालीकोटमा बाख्रा चराउन गएका बाबु छोरीको डढेलोमा जलेर मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ८, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
कालीकोटमा बाख्रा चराउन गएका बाबु छोरीको डढेलोमा जलेर मृत्यु

चैत्र ८, काठमाडौँ । कालीकोटको खाडाचक्र– ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ ।

स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारको क्रममा मृत्यु भएको हो ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । जलेर गम्भीर घाइते भएका दुवैजनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस