बालुवाटारमा समाजवादी मोर्चाको बैठक, एमालेलाई मोर्चामा ल्याउने प्रयास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ९, शुक्रबार (१ महिना अघि)
  • १  पटक पढिएको
बालुवाटारमा समाजवादी मोर्चाको बैठक, एमालेलाई मोर्चामा ल्याउने प्रयास

चैत्र ९,काठमाडौँ । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘समाजवादी मोर्चाका नेताहरू आउनुभएको छ । बैठक बसिरहेको छ’, आचार्यको भनाइ छ ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । विप्लवले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् । बिहीबार बेलुका मात्रै नेता विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका थिए । ओलीसंगको भेटमा एमालेलाई समेत अहिलेको मोर्चामा सामेल गराउने विषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस