कोशीका मुख्यमन्त्री भन्छन्-‘बलमिच्याइँ गरी सत्ता परिवर्तनको सपना नदेखे हुन्छ’

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० चैत्र ९, शुक्रबार (१ महिना अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

चैत्र ९, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रमा सत्ता गठबन्धन फेरिए पनि कोशी प्रदेश सरकार नफेरिने दाबी गरेका छन् । आज मोरङको ग्रामथान गाउँपालिकामा आयोजित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले बलमिच्याइँ गरी सत्ता परिवर्तनको प्रयास गर्नेलाई दिवास्वप्न नदेख्न आग्रह गरे ।

संविधान बाहिर एक इञ्च पनि सरकार नजाने बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘संविधान बाहिर राजनीतिक दल जान सक्दैनन् । चाहे छिटोछिटो बोल्ने लेख्ने गृहमन्त्री रवि लामिछाने हुन् वा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकलम दाहाल । उहाँहरु यहाँको प्रदेश प्रमुख भए पनि संविधान बाहिर जानसक्नु हुन्न । त्यो कुरा हेक्का रहोस् ।’

ताजा अपडेट

खोजी गर्नुहोस