इलाममा साहित्य महोत्सव हुँदै

चैत्र १०, इलाम । इलाममा आगामी इलाम साहित्य महोत्सव–२०८० हुने भएको छ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा चैत १६ र १७ गते महोत्सव हुने भएको हो । महोत्सव उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नेछन् ।

सूत्रवक्ता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको हुनेछ। महोत्सवको पहिलो दिन ‘संघीयता यस्तै वा कस्तो’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस हुनेछ । ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस हुनेछ। ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा।अरुण गुप्तो र राजन मुकारुङ, ‘आख्यान अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र बसन्त बस्नेतबीच बहस हुनेछ भने ‘पोइट्री इन मुभमेन्ट’मा राजा पुनियानीको प्रस्तुति रहनेछ ।

‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस हुनेछ । ‘चारखोलको रंगमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस हुनेछ। ‘कविताको स्वर’ शीर्षकमा गद्य कवितावाचन रहेको छ । यस चरणमा वाचन हुने कवितामा डा। तुलसी गौतमले टिप्पणी गर्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply