सार्वजनिक ऋणको भार किन बढ्यो  ? 

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १०, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
सार्वजनिक ऋणको भार किन बढ्यो  ? 

काठमाण्डौँ । नेपालमा सरकारी खर्च व्यवस्थापनका लागि आन्तरिक र बाह्य ऋण असुली गर्ने गरिन्छ । हालका पछिल्ला दिनमा नेपालको ऋण निकै वृद्धि हुँदै गएको भनी चिन्ता र चासो व्यक्त गरिँदै आएको अवस्था छ । सरकार ऋण लिन बाध्य हुनुको मुख्य कारण भने देशमा चरम आर्थिक मन्दी हुनु, उत्पादन र उपभोग घट्नु, लगानीमैत्री वातावरण नहुनु र राजस्व परिचालन अन्त्यन्तै कमजोर हुनुलाई मानिएको छ । 

यस्तै, राष्ट्रिय गौरवका आयोजनाको निर्माण ढिलो हुनु र तिनको लागत बढ्नु पनि सार्वजनिक ऋण बृद्धिको अर्को महत्त्वपूर्ण कारण हो । सार्वजनिक ऋण व्यवस्थापक कार्यालयका सूचना अधिकारी डिलाराम गिरी बजेटमार्फत ऋण लिएको हुनाले ऋणको लक्ष्य ऋण लिने नै भएकोले हुनाले निरन्तर बढ्दो क्रममा रहेको बताउँछन् । ऋण तिर्ने भन्दा लिने रकम बढेको कारणले ऋण भार बृद्धि भइरहेको उनको भनाइ छ ।

सार्वजनिक ऋणको भार चालु आर्थिक बर्षको ८ महिनामा महिनामा २ खर्ब १८ अर्ब ८६  करोड रुपैयाँ थपिएको छ । गत आर्थिक बर्षको असार मसान्तसम्म ऋणको भार २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ रहेकोमा यो बर्षको फागुनसम्म २ खर्ब बढीले थपिएको हो । 

सरकारले फागुनसम्ममा मात्रै एक खर्ब ६३ अर्ब आन्तरिक र ५५ अर्ब ५५ करोड रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । यससँगै नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस