रुसी कन्सर्ट हलमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो‍

चैत्र ११, काठमाण्डौँ । रूसको मस्कोस्थित सिटीहलको कन्सर्टमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।
बिबिसीमा उल्लेख भए अनुसार आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या १३३ पुगेको हो ।

रुसी अधिकारीहरूका उपनगरीय मस्को कन्सर्ट हलमा भएको उक्त आक्रमणमा संलग्न रहेको आरोपमा ४ जना बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । गोली चलेपछि भागदौड हुँदा हलभित्र छिरेकाहरू आगलागीपश्चात त्यहीँ फसेका थिए । सुरक्षानिकायले ६ घण्टा लगाएर त्यहाँको आगो निभएको थियो। रूसी मिडियाहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply