नेकपा एमालेको सचिवालय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ११, आईतबार (१ महिना अघि)
  • ३ पटक पढिएको
नेकपा एमालेको सचिवालय बैठक बस्दै

चैत्र ११,काठमाडौ । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने छ । यसका अतिरिक्त सातौँ केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर ९अन्तर पार्टी निर्देशन० का रूपमा पठाउन पनि बैठक बस्न लागेको नेताहरूले बताएका छन् ।

इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदै छ । त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन् ।

इलाम—२ का लागि ६ जनाको नाम सिफारिस भएको छ भने बझाङ—१ मा तीन जनाको नाम सिफारिस भएको छ । बैठकमा ती नामहरूमाथि समेत छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस