एमाले कास्की अधिवेशन: बास्तोला र अधिकारीबीच प्रतिस्पर्धा हुने निश्चित

चैत्र ११,कास्की। नेकपा एमालेको कास्की जिल्ला कमिटीको अधिवेशनमा प्यानलगत रुपमा नै प्रतिस्पर्धा हुने देखिएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समुह अधिवेशनमा आमनेसामने हुने देखिएको छ ।

खगराज समूहबाट अध्यक्षमा हालको सचिव बैनबहादुर अधिकारी र सचिवमा उपसचिव दर्शन लामाले उम्मेदवारी दिने पक्काजस्तै भइसकेको छ । यी दुबै उम्मेदवार खगराज समूहका सबैभन्दा बलिया बन्ने विश्लेषण नेताहरुले पनि गरिरहेका छन् ।

पृथ्वीसुब्बा समूहबाट अध्यक्षमा अहिलेका नेता माधव बास्तोला आउने पक्कापक्की जस्तै छ । बास्तोलालाई अध्यक्ष बनाउन पृथ्वीसुब्बा सकारात्मक देखिएका छन् । केन्द्रीय सदस्य जगत विकले यो समूहबाट बास्तोललाई अघि सार्न तयार भएर लागेका छन् ।

पृथ्वीसुब्बा समूहबाट सचिवमा सुरेन्द्र गुरुङको बढी सम्भावना देखिएको छ । अन्य पदाधिकारीमा पनि टुंगो लगाउन नेताहरुलाई सकस परिरहेको छ ।

आइतबार अधिवेशनको बन्द सत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुँदै पारित भएर मनोनयनको चरणमा प्रवेश गर्ने छ ।

संम्बन्धित समचार

Leave a Reply