एकीकृत समाजवादीले भोलिसम्म उम्मेदवारीबारे निर्णय लिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० चैत्र ११, आईतबार (१ महिना अघि)
  • ० पाठक संख्या
एकीकृत समाजवादीले भोलिसम्म उम्मेदवारीबारे निर्णय लिने

चैत्र ११,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वैशाख १५ मा हुने उपनिर्वाचनबारे सोमबारसम्ममा उम्मेदवार उठाउने नउठाउने निर्णय लिने भएको छ । आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘उम्मेदवारीको तयारी हुँदैछ । एकपटक सत्ता गठबन्धनसँग छलफल गरेर अन्तिम निर्णय गर्छौ’, खतिवडाले भने, ‘विभिन्न कोणबाट सूचना सङ्कलन गर्दै छौ र वस्तुनिष्ठ समीक्षापछि निर्णयमा पुग्छौ ।’

नेकपा एमालेले उपनिर्वाचनमा उम्मेदवार तय गरिसकेको छ । माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार उठाउने नउठाउने भन्ने निर्णय गरिसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस