अछाममा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १२, सोमबार (१ महिना अघि)
  • २ पटक पढिएको
अछाममा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

चैत्र १२,अछाम । ट्याक्टर पल्टिंदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । आज बिहान मेल्लेख गाउँपालिका १ मा भएको दुर्घटनामा वडा नम्बर ७ का स्थानीय ५५ वर्षका रंग धामी, ४५ वर्षका प्रेम धामी, ३७ वर्षका नरबहादुर धामी, १५ वर्षका जनक धामी र २१ वर्षका अर्का जनक धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका लालबहादुर धामी, हंश धामी र नाम नखुलेका एक जना बालकलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डीएसपी सन्तोष पाठकले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस