मिथिला माध्यमिकी परिक्रमा आज सकियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० चैत्र १२, सोमबार (१ महिना अघि)
  • ४ पटक पढिएको
मिथिला माध्यमिकी परिक्रमा आज सकियो

चैत्र १२,काठमाडौँ । यसवर्षको मिथिला माध्यमिकी परिक्रमा आज सकिएको छ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन भएको हो । जनकपुरधामलाई केन्द्रमा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा खाली खुट्टाले हिँडेर गरिने यो यात्रा अन्तर्गृह परिक्रमापछि सकिएको छ ।

जनकपुरका राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ । मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६ औँ दिन अर्थात आज यो यात्रा पूरा गरेका छन् ।

मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तर्गृहमा सहभागी भएका छन् । यस यात्रामा एक लाखभन्दा बढी सहभागी भएका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ९कोष०ले जनाएको छ । परिक्रमाका सहभागीले होलीका दहन गरिएको खरानी अर्थात धुरा उडाउँदै फागु खेलिरहेका छन् ।

मिथिलाको मध्यमा परिक्रमा अन्तर्गत धुरा उडाएको भोलिपल्ट फागु खेल्ने चलन छ । यसअनुसार मिथिलामा आज र भोलि दुवै दिन होरी अर्थात होली खेलिने साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस