इलाम–२ उपनिर्वाचन: कांग्रेसबाट ७ जनाको नाम सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १२, सोमबार (१ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १२,काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले इलाम–२ मा हुने उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा पठाएको छ । आंकाक्षीमध्ये पहिलो नम्बरमा भेषराज आचार्यको नाम राखिएको छ ।

‘क्षेत्रीय र जिल्ला समितिले गरेको सिफारिसको आधारमै केन्द्रमा नाम पठाएका छौं,’ कोशीका महामन्त्री भूपेन्द्र राईले भने, ‘भेषराज आचार्यको नाम क्षेत्रीय र जिल्ला समितिबाट पहिलोमा राखेर पठाउनुभएको थियो । हामीले त्यसैअनुसार पठाएका छौं ।’

दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरिएको छ । खड्का गत निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

पहिलो नम्बरमा नाम सिफारिस गरिएका आचार्य २०७० को निर्वाचनमा पराजित भएका थिए । नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस भएको छ । कांग्रेसको विधानअनुसार संसदीय बोर्डले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस