कन्सर्टमा २३ जना सहभागी भएपछि स्टेज नचढी फर्किइन् समीक्षा अधिकारी

चैत्र १२,काठमाडौँ । चर्चित गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरस्थित अरनिको मैदानमा आयोजित एक कन्सर्टमा सहभागी हुन त्यहाँ पुगेर पनि स्टेज नचढी फर्किएकी छन् ।

प्रकृति कला केन्द्रले आयोजना गरेको कन्सर्टमा समीक्षा साङ्गीतिक प्रस्तुति दिन निर्धारित समयमै पुगेकी थिइन् । तर कन्टर्समा थोरै (२३ जना)मात्र दर्शक उपस्थित भएका कारण उनी स्टेज नै नचढी फर्किनु परेको हो । दर्शक अभाव भएपछि आयोजकले उनलाई सहज वातावरणमा कार्यक्रम नगरी फर्किने व्यवस्था मिलाएको चलचित्र पत्रकार सङ्घ, दाङका अध्यक्ष सन्तोष केसीले बताए ।

केसीका अनुसार कार्यक्रममा दर्शकको अभाव हुनुको कारण कन्सर्ट आयोजना गरिएको मैदान उपयुक्त नहुनु, मौसम खराब हुनु र केही अगाडि तुलसीपुरमा भव्य महोत्सव सम्पन्न हुनु पनि हो ।

संम्बन्धित समचार

Leave a Reply