आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराउदै नेपाल विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० चैत्र १२, सोमबार (१ महिना अघि)
  • ८ पटक पढिएको
आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराउदै नेपाल विजयी

चैत्र १२,काठमाडौँ । नेपालले पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण योगदान गरे । सन्दीप जोराले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रसिंह ऐरीले अविजित २० रन बनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस