गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव पारित

चैत्र १३, काठमाण्डौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ ।

उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका थिए । यो प्रस्तावको मतदानमा अमेरिकाले भिटो प्रयोग नगरेको भन्दै इजरायल क्रुद्ध बनेको हो । सोमबार गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै सुरक्षा परिषद्‍मा ल्याइएको प्रस्ताव स्वीकृत भएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन ।

संम्बन्धित समचार

Leave a Reply