मुखियापट्टी मुसहरनिया गाउँपालिका होली मिलन सम्पन्न

चैत्र १३,काठमाडौँ । मधेसमा दिनदिनै होली पर्वको रौनक छ। आइतबार सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ । आईतबार मुखियापट्टी मुसहरनिया गाउँपालिकाको कार्यालय टुल्सियहिमा हर्षका साथ होली मिलन कार्यक्रम सम्पन्न भएको छ । आपसी भाइचारा एवं सदभावको पर्यायको रुपमा मनाईने होलिको मान्यता रहेको हो ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवको अध्यक्षतामा कर्यालय परिसरमा आयोजित होली मिलन समारोहमा पालिकाका सयौँको संख्यामा सर्वसाधारण, जनप्रतिनिधिहरु, कर्मचारी , शिक्षक, स्थानीय राजनितीकर्मी , समाजसेवी लगायतको सहभागिता रहेको थियो।
उक्त समारोहबीच आफनो मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीले होली धार्मिक एवं वैज्ञानिक भन्दै यसलाई सभ्यतापुर्वक मनाउनुपर्ने बताए। उनले पालिकामा आफु आएपछि धेरै प्रशासनिक आन्तरिक समस्या समाधान भएको बताए । उनले व्यक्तिगत र सम्पूर्ण पालिका परिवारको साथ सहयोगले पालिकाका विविध समस्यालाई समाधान गर्दै पालिका विकास निर्माणमा अगाडि बढेको बताए । शिक्षा, स्वास्थ्य,कृषि यदि विकास निर्माण पालिकाबसी र जनप्रतिनिधिहरुको चाहना रहेको बताउँदै आउँदो होलीमा पनि भव्यताको साथ बनाउने प्रतिबद्धता व्यक्त गरे ।उनले आउँदो होलीको रंगमा पालिकाको विकासको रंग मिसिने प्रमुख प्रशासकीय अधिकृत चौधरीले टिप्पणी गरे ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवले आफनो मन्तब्य राख्दै होली पर्व २०८० को अवसरमा सम्पूर्ण मुखियापट्टी मुसहरनिया गाउँपालिकाका दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरे ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर गाउँपालिका रहेको बताउदै अनेकतामा एकता ,सामाजिक सद्भाव, राजनितिक एकता, सांस्कृतिक सहिष्णुता र धार्मिक मेलमिलाप पालिकाको चाहाना स्वाभिमान एवम् साझा पहिचान भएको बताए । उनले पालिकामा प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको बताउदै चाडपर्वहरुले समुदायबीच सद्‍भाव बढाउने बताए । विभिन्‍न धर्म, भाषा र संस्कृति मान्‍ने समुदायहरुलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न पनि अभिप्रेरित गर्ने पालिका अध्यक्ष यादवले बताए ।

असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनले बताए । अध्यक्ष यादवले यस वर्षको चैत ११ र १२ मा मनाइने फागु पुर्णिमा (होली पर्व) ले सम्पूर्ण मुखियापट्टी मुसहरनिया गाउँपालिका बसीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस भन्‍ने शुभेच्छा सहित सबैको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे ।

संम्बन्धित समचार

Leave a Reply