नेपालले आयरल्याण्ड ए लाई दियो १९९ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० चैत्र १३, मंगलबार (१ महिना अघि)
  • ५ पटक पढिएको
नेपालले आयरल्याण्ड ए लाई दियो १९९ रनको लक्ष्य

चैत्र १३, काठमाडौँ । नेपाल र आयरल्याण्ड ए बीचको टि–२० सिरिजको दोस्रो खेलमा नेपालले आयरल्याण्डलाई १९९ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनाएको हो ।

नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन बनाए । कुशल मल्लले ३४, कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२, आसिफ शेखले ११ रन बनाए । आयरल्याण्ड एका लागि म्याथ्यु फोस्टरले ३ विकेट लिए । बेल ह्वाइटले २ विकेट तथा फियोन ह्याण्ड र गेविन होयेले १ विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस