बागमती प्रदेश कांग्रेसपछि हानेपाले फिर्ता लियो समर्थन, अब कसरी अगाडी बढ्ला ?

चैत्र १३, हेटौंडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा छन् ।

उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस्तै ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस ३७ सिटसहित सबैभन्दा ठुलो दल रहेको छ । प्रदेशमा राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् । बागमती प्रदेशमा राप्रपाका साभामुख रहेका छन् । यस्तो अंक गणितमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत लिन एक मत आवश्यक रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply