गृहमन्त्रीको निर्देशन-‘विदेश जाने श्रमिकमाथि अभद्र व्यवहार नहोस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १३, मंगलबार (१ महिना अघि)
  • ४ पटक पढिएको
गृहमन्त्रीको निर्देशन-‘विदेश जाने श्रमिकमाथि अभद्र व्यवहार नहोस्’

चैत्र १४, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन हेरेर देशको अवस्था कस्तो छ भन्ने कुरा विदेशीले थाहा पाउने भएकाले सुधार आवश्यक रहेको बताएका छन् । आज अध्यागमन विभागको निरीक्षणमा पुगेका गृहमन्त्री लामिछानेले अधिकारीहरूको ब्रिफिङ सुनेपछि अध्यागमनलाई सुधार गर्न निर्देशन समेत दिएका छन् ।

अध्यागमनले वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न उपप्रधान तथा गृहमन्त्री लामिछानेले आग्रह गरेका थिए । ‘विदेशीका लागि अध्यायमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ,’ लामिछानेले भनेका थिए ।

गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने नेपालीलाई अध्यागमनले सहानुभूतिसहितको व्यवहार गर्नुपर्ने बताएका थिए । ‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह छ । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुहुन आग्रह छु,’ लामिछानेले भनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस