विद्युत् बेच्ने अनुमति नवीकरणमा भारतको आनाकानी, उद्योग लोडसेडिङमा पर्ने जोखिम !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १४, बुधबार (१ महिना अघि)
  • ३ पटक पढिएको
विद्युत् बेच्ने अनुमति नवीकरणमा भारतको आनाकानी, उद्योग लोडसेडिङमा पर्ने जोखिम !

चैत्र १४, काठमाडौँ । सुक्खायाममा नेपाललाई अपुग विद्युत् आयातका लागि भारतले अनुमति नवीकरण नगरिदिँदा लोडसेडिङको जोखिम बढेको छ । भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ तर यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको छैन ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आईएक्स० को डे–अहेड बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ ।

यो बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ । गत वर्ष नवीकरण गरिएको म्याद १८ चैत ३१ मार्चमा सकिँदै छ । तर अब ६ दिन मात्र बाँकी रहँदा पनि नवीकरण नभएकाले नेपाल विद्युत् प्राधिकरणसमेत दबाबमा परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस