सेबोन अध्यक्ष छनोट प्रक्रिया अन्यौल, शीघ्र चयन गर्न अर्थमन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १४, बुधबार (१ महिना अघि)
  • २ पटक पढिएको
सेबोन अध्यक्ष छनोट प्रक्रिया अन्यौल, शीघ्र चयन गर्न अर्थमन्त्रीको निर्देशन

चैत्र १४, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा। कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिमा अर्थ सचिव पनि सदस्य छन् । उनी यसअघि अमेरिका गएपछि सेबोन अध्यक्ष छान्ने प्रक्रिया अवरुद्ध भएको थियो । यस पदका लागि आवेदन दिएका १९ जनामध्ये ५ जनालाई ‘शर्ट लिस्ट’मा राख्नु पर्ने काम नै बाँकी छ ।

यस प्रक्रियामा लामो समय खर्च हुँदा प्रतियोगीहरुले धेरै शक्ति प्रयोग गर्ने अवस्था आउने बुझाइ मन्त्री पुनको छ । यद्यपि, सत्ता घटक दलहरुको पद बाँडफाँट नटुंगिएका कारण नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको विस्वस्त स्रोतको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस