रुपन्देहीमा हतौडा हानेर एक महिलाको हत्या, एक जना पक्राउ

चैत्र १४, रूपन्देही । जिल्लाको सुद्धोधन गाउँपालिका ६ वेलहिया घर भई सियारी गाउँपालिका ७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सियारी गाउँपालिका-७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उजेलीलाई सुतेको अवस्थामा अपरिचित व्यक्तिले फलामको हतौडा प्रहार गर्दा बेहोस भई उपचारको लागि भिम अस्पताल भैरहवा लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो ।

मृतकले गालीगलोज गर्ने गरेको र रिसको आबेगमा प्रभुनाथले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

संम्बन्धित समचार

Leave a Reply