मेयर गोपाल हमालकी छोरी आरती सकुशल भेटिइन्

चैत्र १४, काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छिन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिए ।

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’

यसअघि नगर प्रमुख हमालले मंगलबार छोरी आरती सम्पर्कविहीन भएको भन्दै सहयोग मागेका थिए ।

संम्बन्धित समचार

Leave a Reply