दुर्गा प्रसाईंले प्रयोग गर्ने हतियार छानबिन गर्न गृहले बनायो समिति

चैत्र १६, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रयोग गर्ने अनुमति पाएको हात हतियार छानबिन गर्न सरकारले छानबिन समिति बनाएको छ । शुक्रबार गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन् । समितिका अन्य सदस्यहरुमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् ।

जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

संम्बन्धित समचार

Leave a Reply