बैङ्कहरूको आधार दर जम्मा साढे ७ प्रतिशत ! सस्तो ब्याजमा अब ऋण लिन कुन बैंक छान्ने ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १६, शुक्रबार (१ महिना अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

चैत्र १६, काठमाडौँ । बैङ्कहरूको आधार दर घट्न थालेको छ । बैङ्कहरूको आधार दर साढे ७ प्रतिशत बिन्दुको लाइनमा झरेको छ ।

पछिल्लो समय बैङ्कहरूको ब्याजदर नै घट्दो ट्रेन्डमा छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ ।

हाल बैङ्कहरूको औसत आधार एकल अङ्कमै झरेको छ । गत फागुनमा ९.४१ प्रतिशत रहेको थियो । तर, चैतमा भने थप घटेर ९.०५१ प्रतिशत कायम भएको छ । एक महिनामा बैङ्कहरूको आधार दर ३.१० प्रतिशत घटेको हो । बैङ्कहरूको आधार दरको तल्लो बिन्दु ७.५२ प्रतिशत छ भने अधिकतम १०.०५ प्रतिशत मात्रै छ ।

हाल स्ट्यान्डर्ड बैङ्कको आधार दर सबैभन्दा कम ७.५२ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर पनि ७.६२ प्रतिशत कायम भएको छ । गत फागुनमा पनि यी दुई बैङ्कको आधार दर क्रमशः ७.५६ प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो ।

चैत महिनामा दुई बैङ्क कुमारी र प्राइम कमर्सियल बैङ्कको आधार दर मात्रै १० प्रतिशत बिन्दुमा भन्दा माथि छ । यी बाहेकका अन्य सबै बैङ्कहरूको भने एकल अर्थात् १० प्रतिशत भन्दा तल छ । यद्यपि, गत फागुनको तुलनामा भने घटेको नै हो ।

समग्रमा बैङ्कहरूको आधार दर १० प्रतिशत कम नै छ । बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।
हाल एभरेष्ट बैङ्कको आधार दर ८.३९ प्रतिशत, नेपाल बैङ्कको ८.५७ प्रतिशत, नबिलको ८.६१, नेपाल इन्भेष्टमेन्ट मेगाको ८.८१, सानिमाको ८.९८, सिद्धार्थको ८.९८, प्रभुको ९.०६, ग्लोबल आइएमईको ९.०९, नेपाल एसबिआईको ९।११, एनआईसी एशियाको ९.१३ प्रतिशत छ । यस्तै, माछापुच्छ्रेको ९.२६ प्रतिशत, कृषि विकास बैङ्कको ९.३६ प्रतिशत, एनएमबिको ९.४१, सिटिजन्सको ९.५८, लक्ष्मी सनराइजको ९.६४ प्रतिशत छ ।

ताजा अपडेट

खोजी गर्नुहोस