दोहा उडेको नेपाल एयरलाइन्समा समस्या, जहाज काठमाडौं फिर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १६, शुक्रबार (१ महिना अघि)
  • ४ पटक पढिएको
दोहा उडेको नेपाल एयरलाइन्समा समस्या, जहाज काठमाडौं फिर्ता

चैत्र १६, काठमाडौँ । काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।
बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको वाइडबडी ए ३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाजलाई काठमाडौं नै फिर्ता ल्याइएको हो ।

‘नाइनएन–एएलवाई जहाज आज बिहान करिब ३ बजे काठमाडौंमा सुरक्षित अवतरण गरेको थियो । सो जहाजमा फिर्ता भएका यात्रुलाई अर्को नेपाल एयरलाइन्सको जहाजबाट दोहा पठाइएको थियो । यसैबीच समस्या देखिएको जहाजको मर्मत गरिएको छ । जहाजले अव नियमित उडान भर्ने जानकारी दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस